rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

संगठनात्मक समाचार
बागलुङ नपाको भेला सम्पन्न
बागलुङ बजार । राष्ट्र्यि जनमोर्चा बागलुङ जिल्ला समिति अन्तर्गत बागलुङ नगरपालिकाको भेला २०७४ साउन २८ गते सम्पन्न भएको छ । राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाको विशेष उपस्थितिमा सो भेला सम्पन्न भएको हो ।
भेलाले थानेश्वर सुवेदीको अध्यक्षतामा नगर समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा घनश्याम विक, सचिवमा योगेन्द्र शर्मा, सहसचिवमा प्रेम गौतम र कोषाध्यक्षमा आशा केसी रहनु भएको छ । त्यसै गरी सदस्यहरूमा भिम मल्ल, धनादेवी शर्मा, लोकनाथ शर्मा, सिपी अधिकारी, विष्णु अधिकारी, प्रेम रोका र दिनेश शर्मा रहनु भएको छ भने समितिको एक स्थान रिक्त राखिएको छ । कार्यक्रम घनश्याम विकको अध्यक्षता तथा थानेश्वर सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
राजमोको गल्कोट नगर भेला सम्पन्न
बागलुङ बजार । राष्ट्रिय जनमोर्चा गल्कोट नगरपालिकाको नगर भेला सम्पन्न भएको छ । २०७४ साउन २८ गते सम्पन्न नगर भेलाले टङ्क बहादुर केसीको संयोजकत्वमा ३५ सदसीय नगर समिति गठन गरेको छ । समितिको उपसंयोजकमा अमर खत्री, सचिवमा लाल बहादुर राना र कोषाध्यक्षमा पदम श्रेष्ठ रहनु भएको छ ।
राजमोका जिल्ला अध्यक्ष अमर बहादुर थापाको प्रमुख आथित्यतामा सम्पन्न भेलाको अध्यक्षता राजमो गल्कोट नगर समितिका संयोजक टङ्क केसीले गर्नु भएको थियो । राजमो नगर कोषाध्यक्ष पदम श्रेष्ठको स्वागत भाषणबाट अगाडि बढेको भेला कार्यक्रमको सञ्चालन सोमलाल सापकोटाले गर्नु भएको थियो । भेलाले गल्कोट नगरपालिकाको सम्पूर्ण वडाहरूमा सङ्गठनात्मक गतिविधि अगडि बढाउने निर्णय समेत गरेको छ ।
राजमो बुद्धभूमिको भेला सम्पन्न
तौलिहवा । राष्ट्रिय जनमोर्चा बुद्धभूमि नगर समितिको दोश्रो नगर भेला २०७४ साउन २८ गते राष्ट्रिय जनमोर्चा प्रदेश नं. ५ का प्रदेश सदस्य हिमलाल वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
भेलाले लक्ष्मी नारायण खनालको अध्यक्षतामा १७ सदस्यीय राजमोको बुद्धभूमि नगर समिति गठन गरेको छ, जसको उपाध्यक्षमा नर बहादुर घर्ती मगर, सचिवमा माधव प्रसाद पौडेल, कोषाध्यक्षमा मित्रलाल घिमिरे र सहसचिवमा गोविन्द बुढाथोकी रहनु भएको छ । त्यस्तै, सदस्यहरूमा प्रेम लम्साल, डिलाराम भुसाल, खुमानन्द पाण्डे, नेत्र प्रसाद गैरे, लक्ष्मी शर्मा, मीना पोख्रेल र जेद प्रसाद आचार्य रहनु भएको छ । समितिको वैकल्पिक सदस्यहरूमा सोम गुरुङ, टान बहादुर सुनार, माया भुसाल, ओम बहादुर केसी रहनु भएको छ । भेलाले डाल बहादुर जिसी, शिवकला पौडेल, मीना केसी, विमला भुसाल, मञ्जु पौडेल रहनु भएको छ ।
भेला लक्ष्मी नारायण खनालको अध्यक्षता र ाधव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
राजमोको नगर समिति गठन
काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँ अन्तर्गत कागेश्वरी(मनहरा नगर समिति गठन भएको छ । राजमोका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला अध्यक्ष लाल बहादुर थापा र राजमो काठमाडौँका जिल्ला सदस्य छवि खनालको उपस्थितिमा २०७४ साउन २८ गते सम्पन्न भेलाबीच सो समिति गठन भएको हो ।
समितिको अध्यक्षमा राजेन्द्र शर्मा रहनु भएको छ भने उपाध्यक्षमा राम बहादुर विक, सचिवमा सन्दीप सापकोटा, सहसचिवमा प्रेम मोक्तान र कोषाध्यक्षमा मनिषा राई रहनु भएको छ । समितिको सदस्यमा राम वियोगी, राज कुमार पुडासैनी, बालकृष्ण पुडासैनी, उर्मिला घिमिरे, हरि पोख्रेल र सुमित्रा पुडासैनी रहनु भएको छ । त्यस्तै, वैकल्पिक सदस्यमा पवित्रा दङ्गाल, हरिकृष्ण पुडासैनी र रामकृष्ण पुडासैनी रहनु भएको छ ।
राजमोको तीन दिने प्रशिक्षण सम्पन्न
तमघास । राष्ट्रिय जनमोर्चा गुल्मीले चन्द्रकोट ५ ग्वाघामा तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । राजमो केन्द्रीय सदस्य सोमकुमार कार्कीको प्रमुख आतिथ्यतामा २०७४ साउन २८ देखि ३० गतेसम्म सो कार्यक्रम सम्पन्न भएको हो । 
प्रशिक्षण कार्यक्रमको उद्घाटन राजमो केन्द्रीय सदस्य सोम कुमार कार्कीले गर्नु भएको थियो । कार्यक्रमलाई अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढा, राजमो गुल्मीका सचिव छविलाल सर्तुङ्गी, राजमो नेताहरू दालमाया पुन र दुर्गाबहादुर श्रीसले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अध्यक्ष्ँता दुर्गाबहादुर थापाले, सञ्चालन योगेन्द्र काउचाले र स्वागत भीम बस्यालले गर्नु भएको थियो । 
कार्यक्रममा प्रशिक्षकहरू सोमकुमार कार्की, रामबहादुर बुढा, छविलाल सर्तुङ्गी र रक्तिम सांस्कृतिक अभियानकी उषा थापाले सङ्गठन, समसामयिक राजनीतिक परिस्थिति, दर्शनको परिचय, माक्र्सवादका आधारभूत सिद्धान्त, नयाँ जनवाद, समाजवाद र साम्यवाद, रणनीति र कार्यनीति तथा सांस्कृतिक विषयमा प्रशिक्षण दिइएको राजमो गुल्मीका सचिव छविलाल सर्तुङ्गीले जानकारी गराउनु भएको छ ।
शतवार्षिकी अन्तर्गत वडा भेला
बागलुङ बजार । राष्ट्रिय जनमोर्चा बागलुङले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत निसीखोला गाउँपालिकाको वडा नं. ३ बोहरागाउँको वडा भेला सम्पन्न गरेको छ । २०७४ साउन २८ गते सम्पन्न भेलाले शेर बहादुर शाहीको संयोजकत्वमा १७ सदसीय वडा समिति गठन गरेको छ । समितिको उपसंयोजकमा चक्र बहादुर कुँवरसचिवमा शिव भुसाल र कोषाध्यक्षमा भूमिराज खड्का रहनु भएको छ । समितिको सदस्यहरूमा विक्रम सिर्पालीकल्पना सुनारभीमसेन शाहीटेक बहादुर सुनारधन कुमारी शाहीगोमा चन्द,दिप बहादुर घर्तीभिम प्रसाद भुसालपूर्ण कुमारी पुनराम बहादुर विक र शिबु शाही रहनु भएको छ । 
राजमोका केन्द्रीय प्रतिनिधि भागिरथ भट्टराई र राष्ट्रिय जनमोर्चा निसीखोला खोला गाउँपालिकाको इन्चार्ज खिम विक्रम शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको अध्यक्षता राजमो वडा नं. ३ का वडा संयोजक राम बहादुर चन्दले गर्नु भएको थियो । राजमो वडा नं. ३ का वडा अध्यक्ष जुन विक्रम शाहीको पनि आतिथ्यता रहेको थियो भने सञ्चालन वडा सचिव जित बहादुर चन्दले गर्नुभएको थियो ।
सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरूमा नेकपा (माओवादी केन्द्र) का वडा नं. ३ का सदस्य भूमिराज खड्कानेपाली काङ्ग्रेसका निवर्तमान वडा अध्यक्ष दिप बहादुर घर्ती र नेकपा (क्रान्तिकारी माओवादी) का सुन्दर बुढा रहनु भएको छ । नव प्रवेशीहरूलाई भगिरथ भट्टराईले अबिर लगाएर सदस्यता प्रदान गर्नु भएको थियो । भेलाले सो गाउँपालिकाको सम्पूर्ण वडाहरूमा विविध कार्यक्रमहरू सम्पन्न गर्ने निर्णय गरेको छ । 
राजमोको वडा समिति गठन
तमघास । राष्ट्रिय जनमोर्चा गुल्मी अन्तर्गत मालिका ८मरभुङमा वडा समिति गठन भएको छ । राजमो नेताहरू डम्बर जिसी र प्रेम प्रकाश अर्यालको विशेष उपस्थितिमा २०७४ साउन २६ गते आयोजित भेलाबीच सो समिति गठन गरिएको हो ।
समितिको अध्यक्षमा दुर्गा बहादुर केसी रहनु भएको छ भने सचिवमा नारायण परियारकोषाध्यक्षमा चुमान सिंह जिसी र सदस्यहरूमा कर्ण जिसीकमला जिसीसुशीला परियार र शेर बहादुर जिसी रहनु भएको छ ।
 
 
 
 
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal