rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org



            मिति ः २०७४ कार्तिक १९
प्रेस वक्तव्य

राष्ट्रिय जनमोर्चाले नेकपा (एमाले) र माओवादी केन्द्र वा तिनीहरुको चुनावी गठबन्धन र नेपाली कांग्रेसस“ग आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एकता वा तालमेल गर्ने प्रश्नमा स्थिति स्पष्ट गर्न यो वक्तव्य जारी गरेका छौं । 
नेपालको राजनीतिमा २०६२÷६३ को जनआन्दोलन, संविधानसभाको निर्वाचन, संविधानसभाद्वारा विधिवत रुपमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना महत्वपूर्ण राजनीतिक घटनाहरु हुन्  । यो गणतान्त्रिक संविधानप्रति भारतीय विस्तारवाद, मधेशवादी र पुनर्उत्थानवादी शक्तिहरु सहमत छैनन् । त्यसैले उनीहरुले यो संविधानलाई कार्यान्वयन गर्न नदिने, त्यस अनुसारका निर्वाचनहरु पनि गर्न नदिने, अन्तरीमकाल बढाउ“दै जाने, त्यसक्रममा संविधान संशोधन गर्दै जानाले २०६२÷६३ सालका उपलब्धि, गणतन्त्र र राष्ट्रियतामाथि खतरा हुन्छ । यस स्थितिमा हामीले संविधान कार्यान्वयन गर्न र निर्वाचनहरु चा“डै सम्पन्न गर्न विशेष जोड दिंदै आएका थियौं । पछिल्लो समयमा नेपाली कांग्रेस र विशेष गरी त्यसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै त्यस प्रकारले संविधान संशोधन गर्न लागे । नेपाली कांग्रेस–माओवादी केन्द्रको सरकारले व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन विधेयकलाई व्यवस्थापिका संसदले अस्वीकार गरेको थियो । त्यसपछि पनि भारत भ्रमणको बेला भारतीय प्रधानमन्त्रीस“ग श्री देउवाले संविधान संशोधन गर्न नसकेकोमा लाचारी व्यक्त गर्दै आगामी दिनमा त्यसप्रकारको संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसकारण नेपाली कांग्रसबाट पनि राष्ट्रियता, लोकतान्त्रिक पद्धति र धर्म निरपेक्षतामाथि खतरा छ । 
हामीले नया“ संविधानको रक्षा र कार्यान्वयन गर्न नेपाली कांग्रेसको समेत आवश्यकता देखेर त्यसस“ग कार्यगत एकताको नीति लिएका थियौं । त्यस अनुसार गत स्थानीय चुनावमा कतिपय स्थानमा चुनावी तालमेल पनि गरेका थियौं । नया“ शक्ति पार्टीले भारतीय विस्तारवादको स्वार्थको पक्षमा काम गरेको र मधेशवादी दलहरुस“ग पार्टी एकताको प्रक्रियामा रहेकाले हामीले त्यसस“ग स्थानीय चुनावमा एकता वा तालमेल नगर्ने नीति लिएका थियौं । तर पछि त्यसको मधेशवादी दलस“ग पार्टी एकता नहुने गरी टुङ्गीएको स्थितिमा त्यसस“ग चुनावी एकता वा तालमेलको नीति अपनाउने निर्णय गरेका थियौं । यस प्रकारले कुनै पनि राजनीतिक दलका नीति, क्रियाकलाप र त्यसका परिणामहरुका बारेमा विचार गरेर नै हामीले नीति निर्माण गर्ने वा निर्णय गर्ने गरेका छौं । नेपाली कांग्रेसले संविधानको रक्षा र कार्यान्वयनका विरुद्ध भारतीय स्वार्थका पक्षमा काम गर्न थालेपछि हामीले नेपाली कांग्रेसस“ग यस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एकता वा तालमेल नगर्ने निर्णय गरेका छौं । हाम्रो के स्पष्ट दृष्टिकोण छ भने हामीले तय गरेका नीति वा निर्णयको कार्यान्वयनको सन्दर्भमा यदि हामीलाई पद वा सुविधामा नोक्सानी पुग्दछ भने पनि हामी त्यसलाई स्वीकार गर्न तयार हुन्छौं । यदि नेपाली कांग्रेस, एमाले वा माओवादी केन्द्रस“ग बेग्लाबेग्लै चुनावी एकता वा तालमेलको नीति अपनाएको भए हामीले बढी सिट लिन र जित्न पनि सक्दथ्यौं । तर, त्यसबाट राष्ट्रिय राजनीतिमा पर्न सक्ने गम्भीर परिणाममाथि विचार गरेर हामीले त्यस्तो नीति अपनाएका छैनौं । 
नेकपा (एमाले) र माओवादी केन्द्रको निर्वाचनको लागि गठबन्धन बनेको छ । हामीले त्यो गठबन्धनलाई स्वागत गरेका छौं र त्यस गठबन्धनस“ग यो निर्वाचनमा एकता वा तालमेल गर्न प्राथमिकता दिएका छौं । त्यो गठबन्धनस“ग बाग्लुङ र प्यूठानमा चुनावी तालमेल गरेका छौं । उक्त तालमेलको क्रममा अर्घाखा“चीमा प्रतिनिधिसभामा त्यहा“को बाम गठबन्धनलाई सहयोग गर्ने मौखिक सहमति भएको थियो । ती तालमेलका सहमति हामी तीनै पक्षहरुबाट कार्यान्वयन हुन्छन् र हुनु पर्दछ । 
हामीले एमाले र माओवादीस“ग वार्ताको क्रममा नै देशका अन्य कैयन स्थानहरुमा नेपाली कांग्रेसलाई हराउन हामी तीन पक्षको एकता वा तालमेल आवश्यक रहेको कुरा बताएका थियौं । त्यतिबेला त्यो कुरालाई एमाले र माओवादी केन्द्रले अस्वीकार गरे । अहिले त्यो कुरा प्रष्ट हु“दै आएको छ । त्यसैले अहिले पनि त्यस्ता स्थानहरुमा तालमेल गर्न सकिन्छ । सहमति बन्यो भने मिलेका स्थानमा जुन उमेदवार वा चुनावी प्रचार स्थगन गर्ने हो, त्यो गरी मिलाउन सकिन्छ । त्यसको लागि हामी तयार छांै । नेपाली कांग्रेसलाई हराउने आवश्यकता उनीहरुको लागि पनि छ । 
अर्को एउटा कुरा पनि स्पष्ट गर्न चाहन्छौं । एमाले र माओवादी केन्द्रको गठबन्धनमा हामी सामेल छैनौं । हाम्रो खास स्थानहरुमा सामान्य चुनावी एकता वा तालमेल मात्र हो । त्यसकारणले हामीले देशका अन्य सबै भागमा हाम्रो नीति र चुनावी घोषणाका साथ निर्वाचनमा जानु पर्दछ । त्यसको परिणाम के आउछ भनेर अर्कमण्य हुने होइन कि पार्टीका नीति र कार्यक्रम लिएर जनताको बीचमा उत्साहका साथ जानु पर्दछ । 



चित्रबहादुर के.सी. 
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal