rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
     केन्द्रीय कार्यालय/Central Office

बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org



                             
       मिति  २०७४ पौष २५ गते
प्रेस वक्तव्य

१. डा. गोविन्द के.सी.को गिरफ्तारीप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षित भएको छ । संविधानले नागरिकहरूलाई अभिव्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । त्यसका साथै देशको न्याय प्रणाली स्वच्छ र निष्पक्ष प्रकारको होस् भनेर आवाज उठाउनु पनि सबै नागरिकहरूको अधिकारभित्रको कुरा हो । त्यो अवस्थामा नागरिकलाई प्राप्त संवैधानिक अधिकारको प्रयोग गरेको तथा न्याय प्रणालीको स्वच्छता र निष्पक्षतामा जोड दिएको कारणले डा. के.सी.लाई गिरफ्तार गर्नु सही भएको छैन ।
उनको गिरफ्तारीका लागि पनि जुन तरिका अपनाइयो, त्यो न्यायसंगत रहेको छैन । मानहानिका मुद्दाहरूमा प्रायशः अदालतमा हाजिर हुनका लागि पुर्जी काट्ने गरेका उदाहरणहरू छन् । त्यसको विपरीत उनलाई पक्रेर नै हाजिर गराउने आदेश दिइयो । उनलाई गिरफ्तार गर्दा पनि कुनै अपराधिलाई जस्तै रातको समयमा गिरफ्तार गरियो । उनीसित व्यवहार गर्दा कानूनको न्यायीक संयमताको पनि पालना गरेको देखिएन । हाम्रो पार्टीले उनीप्रतिको त्यस प्रकारको व्यवहारको विरोध गर्दै डा. के.सी.को शीघ्र रिहाईको माग गर्दछ ।
२. सरकारले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको त्यो निर्णयलाई हामीले स्वागत गर्दछौं । नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिका रहेको छ । यदि उनले नेपालको एकीकरण नगरेको भए हाम्रो देश ब्रिटिस साम्राज्यवादको उपनिवेश बन्न सक्ने थियो । उनको ऐतिहासिक भूमिकाका कारणले नै नेपाल स्वतन्त्र राष्ट्र रहन सक्यो । त्यसकारण, त्यो अवस्थामा हामीले पृथ्वीनारायण शाहको उच्च मूल्याङ्कन गर्नुपर्दछ ।
३. सरकारले तराईका कतिपय जिल्लाहरुमा चलेको शितलहरका कारण जाडोबाट बच्नका लागि राहत सामाग्री बा“ड्ने निर्णय गरेको छ । त्यसलाई हामीले सही ठान्दछौं र स्वागत गर्दछौं । हिमाली जिल्लाहरुमा पनि त्यहा“का जनता हिउ“ले कठाङ्ग्रीएका छन् । त्यसतर्फ सरकारको ध्यान गएको छैन वा सरकारले उपेक्षा गरेको छ । सरकारको त्यस प्रकारको व्यवहारको आलोचना गर्दै हाम्रो पार्टीले हिमाली  भेगका जनतालाई पनि जाडोबाट बच्नका लागि राहत सामाग्री बाड्नु पर्ने आवश्यकतामा जोड दिन्छ ।
४. जाजरकोट जिल्लामा ठण्डीका कारणले इन्फ्ल्युइन्जाको प्रकोप बढेको छ । कतिपयको मृत्यु समेत भएको  छ । उक्त इन्फ्ल्युइन्जाको प्रकोप तत्ककाल नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न हाम्रो पार्टीले सरकारसग माग गर्दछ । 



चित्रबहादुर के.सी. 
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal