rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ भदौ १२ गते

प्रेस वक्तव्य

देशमा बढिरहेको करवृद्धिप्रति राष्ट्रिय जनमोर्चाले तीव्र असन्तोष र विरोध प्रकट गर्दछ । अहिले भइरहेको करवृद्धि संघीयताको नै परिणाम हो । संघीयताको सन्दर्भमा प्रादेशिक संरचनाको बढेको खर्चले गर्दाखेरी नै सरकारले कर बढाउँदै लगेको छ । त्यसकारण संघीयतालाई खारेज गरेर नै अहिलेको बढेको करलाई कम गर्न सकिन्छ र गर्नु पर्दछ भन्ने हाम्रो पार्टीको दृढ मत छ । हाम्रो यो स्पष्ट मत छ कि संघीयतालाई खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणालीको स्थापना गर्नु पर्दछ । त्यस प्रकारको प्रजातान्त्रिक विकेन्द्रीयताका पक्षमा आधार तयार पार्नका लागि स्थानीय तहलाई अरू शक्तिशाली र अधिकारसम्पन्न बनाउनु पर्ने आवश्यकता छ । अहिले स्थानीय तहमा बढिरहेको करवृद्धिप्रति पनि हाम्रो पार्टीले गम्भीर चिन्ता प्रकट गर्दछ र त्यसलाई कम गर्नु पर्ने आवश्यकता छ । संघीयता अन्तर्गत प्रादेशिक संरचनाको अत्यधिक खर्च बढेको हुनाले स्थानीय तहलाई केन्द्र सरकारबाट मिल्ने अनुदान धेरै नै कम भएको छ । त्यसलै हाम्रो जोड स्थानीय तहले लगाउने कर कम गरेर उनीहरूलाई केन्द्रबाट मिल्ने अनुदान बढाउनु पर्दछ । त्यसो भयो भने स्थानीय तहले लगाएको कर कम हुन सक्नेछ । करमा वृद्धिका साथै देशमा महंगी र भ्रष्टाचार पनि धेरै बढेर गएको छ । त्यसैले राष्ट्रिय जनमोर्चाले करमा भएको वृद्धिका साथै महंगी, भ्रष्टाचार तथा संघीयता समेतका विरुद्ध देशव्यापी रूपमा आन्दोलन गर्नका लागि सम्पूर्ण जनतासित अपिल गर्दछ । त्यसका लागि हाम्रो पार्टीले भाद्र र असोज २ महिनासम्म जिल्ला स्तरमा विभिन्न जिल्लाहरूले आफ्नो आफ्नो आफ्नो कार्यक्रम बनाएर उक्त विषयहरूमा आन्दोलन संगठित गर्नका लागि पार्टीका सबै समिति, सदस्य तथा समर्थक समेतसित अनुरोध गर्दछौं । उक्त कार्यक्रमहरूलाई सफल पार्न विभिन्न जनवर्गीय संगठनहरूका साथै अन्य विभिन्न पक्षहरूसित पनि समन्वय गरेर कार्यक्रम सफल पार्न हामीले प्रयत्न गर्नु पर्नेछ ।

चित्रबहादुर के.सी.
अध्यक्ष

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal