rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ मङ्सिर १८ गते

प्रेस वक्तव्य

हालै सरकारले ल्याएको सामाजिक सुरक्षा योजनालाई राष्ट्रिय जनमोर्चाले स्वागत गर्दछ । त्यस प्रकारको योजनाको धेरै पहिलेदेखि नै आवश्यकता थियो । ढिलै भएपनि त्यो दिशामा सरकारले महत्वपूर्ण कदम चालेको छ । तर सरकारका कैयौँ योजनाहरू जस्तै यो योजनाको पनि कार्यान्वयन हुने कुरामा शङ्का छ । जनदवावको सृजना गरेर त्यो योजनालाई कार्यान्वयन गर्नुपर्ने आवश्कतामा हाम्रो पार्टीले जोड दिन्छ । 
हालै काठमाडौँमा कतिपय विदेशी राष्ट्रप्रमुखहरू सहितको युनिभर्सल पिस फेडेरेशन (युपिएफ) को एशिया प्यासफिक सम्मेलनमा सरकारको सहभागिताको राष्ट्रिय जनमोर्चाले तीव्र शब्दमा विरोध र भत्र्सना गर्दछ । वास्तवमा त्यो कार्यक्रम क्रिश्चियन धर्मको प्रचारको कार्यक्रम नै थियो । धर्मनिरपेक्षता घोषणा गरेको देशमा त्यस प्रकारको कार्यक्रममा सरकारको सहभागिता संविधानको स्प्रीटका विरुद्ध छ ।
त्यो कार्यक्रममा उपस्थित हुनको लागि प्रधानमन्त्रीको नामबाट नै गाउँपालिका र नगरपालिकाका पदाधिकारीहरू तथा सांसदहरू सहित निर्वाचित जनप्रतिनिधिहरूलाई निमन्त्रणा पठाईएको थियो । त्यो कार्यक्रममा व्यापक जनसहभागिता गराउनको लागि विशेष राष्ट्रिय कार्यक्रमहरूमा व्यवस्था गरिए जस्तै राजधानिमा सार्वजनिक यातायात सञ्चालनको लागि जोर–विजोर प्रणाली अन्तर्गत गाडीहरू सञ्चालन गर्ने निर्देशन दिइएको थियो । यी कुराहरूबाट सरकारले त्यो कार्यक्रमलाई कति धेरै महत्व दिएको थियो भन्नेकुरा पनि प्रष्ट हुन्छ । त्यो बेला कथित इसामसिहकी कथित छोरीका हातबाट दिएको जलपान गर्ने पनि व्यवस्था गरिएको थियो । बताईरहनु पर्ने आवश्यकता छैन कि त्यो सम्पूर्ण कारवाही देशका लागि नै अत्यन्त शर्मनाक कार्य थियो । त्यो कार्यक्रममा प्रधानमन्त्रीद्वारा पुरस्कार ग्रहण गर्ने काम पनि गरिएको थियो । कानून अनुसार प्रधानन्त्रीले सरकारको निर्णय बीना कुनै पुरस्कार ग्रहण गर्न मिल्दैन । यस प्रकारको सम्पूर्ण गतिविधिका लागि प्रधानमन्त्रीले स्पष्टिकरण दिनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

चित्रबहादुर के.सी.
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal